काठमाडौं । सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेश अन्ततः निष्कृय हुने भएको छ । बुधबार बसेको सत्ता साझेदार दलहरूको बैठकले भूमि सम्बन्धी अध्यादेश निष्कृय भएर जान दिने निष्कर्ष निकालेको हो ।
संविधानको धारा ११४ (ग) अनुसार संसद् चलेको ६० दिनभित्र अध्यादेश पारित नभएर स्वतः निष्कृय हुन्छ । गत १८ माघबाट सुरु संसदको हिउँदे अधिवेशन अबको ५ दिनपछि ६० दिन पुग्दैछ । यही संवैधानिक व्यवस्थाका कारण प्रधानमन्त्री केपी शर्मा ओली सहित सत्तारुढ नेताहरूले जनता समाजवादी पार्टी (जसपा), नेपालका नेताहरूसँग सम्वाद थप बाक्लो बनाएका थिए ।
मंगलबार सत्ता साझेदार दलहरूको बैठक आह्वान गरिएको थियो । तर भूमि सम्बन्धी अध्यादेशमा बिमति जनाउँदै आएका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव उक्त बैठकमै अनुपस्थित भए ।
‘उपेन्द्र यादवलाई मनाउन निकै प्रयास गरियो । हिजोसम्म कुरा भयो, तर मान्नु भएन’ सत्ता साझेदार एक शीर्ष नेता भन्छन्, ‘जसपाको असहमतिपछि भूमि अध्यादेश फिर्ता लिनुको अर्को विकल्प थिएन ।’
अर्थात् भूमि सम्बन्धी अध्यादेश पारित गराउन प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको तीन महिना लामो प्रयत्न सफल हुन सकेन । ‘धेरै प्रयास भयो । तर संसदमा बहुमत नपुग्ने भएपछि फरक बाटो अपनाउने निष्कर्षमा पुगेका हौ’, सत्ता साझेदार बैठकमा सहभागी एक नेता नेता भन्छन् ।
ती नेताका अनुसार अब भूमि सम्बन्धी अध्यादेशलाई निष्कृय हुन दिएर त्यसका अन्तर्वस्तुलाई विधेयकका रुपमा अगाडि बढाउने सहमति जुटेको छ ।
एमालेका प्रमुख सचेतक महेश बर्तौला पनि अध्यादेशमा रहेको अन्तर्वस्तु विधेयकका रुपमा अगाडि बढ्ने बताउँछन् । ‘१८ फागुनपछि अध्यादेश स्वतः निष्कृय हुँदैछ । हामी त्यसका अन्तर्वस्तुलाई संशोधन विधेयकका रुपमा अगाडि बढाउने र सम्बन्धित मन्त्रालयले वर्कआउट गर्ने निष्कर्षमा पुगेका छौं’, उनी भन्छन् ।
जसपा नेपालका प्रवक्ता मनिष सुमन भने भूमि सम्बन्धी अध्यादेश निष्कृय हुने कुरा सकारात्मक रहेको बताउँछन् ।
‘हामीले देश र जनताको पक्षमा चट्टानी अडान लियौं । कतै पनि टसमस भएनौं’ उनी भन्छन्, ‘अब यो विधेयकका रुपमा आउनेछ । त्यो बेला विचौलिया र भू–माफियाको सल्लाहमा होइन, जनताको सुझाव अनुसार कानुन बन्नेछ ।’
चट्टानी अडान
दुई तिहाइ संसदीय बहुमत प्राप्त प्रधानमन्त्री ओलीले प्रतिष्ठाकै विषय बनाएको भूमि सम्बन्धी अध्यादेश स्वतः निष्कृय भएर जानुपर्ने परिस्थिति भने जसपा नेपालले लिएको अडानकै कारण सिर्जना भएको हो । प्रधानमन्त्री ओलीले साना सत्ता साझेदारहरूलाई बेवास्ता गर्दै गत २६ पुसमा भूमि सम्बन्धी सहित ६ वटा अध्यादेश राष्ट्रपति कार्यालयलाई सिफारिस गरेका थिए ।
त्यसबेला कांग्रेस र एमाले नेतृत्व सहमत भएपछि सरकारका कुनै पनि काम रोकिन्न भन्ने बुझाइका साथमा अध्यादेशहरू आएका थिए । तर देउवाको सहमतिमा ओलीले ल्याएको अध्यादेशलाई राष्ट्रपति रामचन्द्र पौडेलले पहिलोपटक रोकिदिए । भूमि सम्बन्धी अध्यादेश रोकेर २९ पुसमा राष्ट्रपति पौडेलले अरु अध्यादेश जारी गरे ।
यद्यपि राष्ट्रपति पौडेल अडानमा धेरै टिकेनन् । कांग्रेस सभापति देउवा, प्रधानमन्त्री ओली सहित नेताहरूले राष्ट्रपति पौडेललाई मनाए । रोकिएको भूमि अध्यादेश २ माघमा राष्ट्रपति पौडेलले जारी गरिरहदा सत्ता–समीकरण अझ मजबुत बनेको दावी गरिएको थियो ।
अध्ययन प्रयोजनका लागि मात्र भूमि अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिएको प्रधानमन्त्रीको तर्क थियो । ‘यी अध्यादेशहरू बाहिर कताकति चर्चा गरिए जस्तो, …यति वटा जारी भए, यति वटा राष्ट्रपतिबाट रोकिए भन्ने ….,’ ओलीले भनेका थिए, ‘राष्ट्रपतिले अध्ययन गर्नु हुन्छ नि त, अध्ययन गर्न लगाउनु हुन्छ, त्यसपछि उहाँले जारी गर्नु हुन्छ ।’
तर राष्ट्रपति कार्यालयबाट अगाडि बढेको भूमि अध्यादेश संसद्मा टेबल हुनै सकेन । १८ माघको संसद बैठकमा ६ वटै अध्यादेश टेबल हुने कार्यसूची तय भएको थियो । तर जसपा नेपालले भूमि अध्यादेश बाहेकमा मात्र सहयोग गर्ने सन्देश दियो ।
पार्टी नेता राजकिशोर यादवको नेतृत्वमा अध्ययन कार्यदल गठन गर्दै २९ माघमा बसेको जसपा नेपाल संसदीय दलको बैठकले त भूमि अध्यादेश देश र जनताको हित विपरीत भएको निष्कर्ष नै निकाल्यो । ‘भूमि अध्यादेश भू–माफियाहरूको पक्षमा आएको छ, वास्तविक सुकुमवासीलाई भन्दा पनि बिचौलियाहरूलाई पोस्ने किसिमले ल्याइएको छ’ जसपा नेपालको निर्णय थियो ।
भूमि सम्बन्धी अध्यादेशलाई लिएर जसपा नेपालले सरकारको नियतमाथि गम्भीर आरोप लगायो । अध्यक्ष उपेन्द्र यादव सहित नेताहरूले सार्वजनिक रुपमै सरकारको कदमलाई भू–माफिया र बिचौलियाको उक्साहट भने । तर प्रधानमन्त्री ओलीले भने जसपा नेपाललाई जसरी पनि मनाउने नीति लिए ।
सत्ता साझेदार शक्तिबाटै गम्भीर आरोप सहित भूमि अध्यादेशको विपक्षमा निर्णय गर्दा पनि जसपा नेपाललाई मनाउने प्रधानमन्त्रीको नीतिको खास कारक भने राष्ट्रिय सभाको प्रतिकुल समीकरण हो । ५९ सदस्यीय राष्ट्रिय सभामा ३ सिटको जसपा नेपालले साथ नदिँदा सत्तारुढसँग बहुमत पुग्दैन । राष्ट्रिय सभामा कांग्रेससँग १६ र एमालेसँग ११ सिट मात्र छ । यो जोड्दा २८ सिट हुन्छ । उपेन्द्रले अडान लिदा १ सिटको लोसपाले पनि सत्तारुढलाई नसघाउने निर्णय लियो ।
सत्तारुढमै रहेको जसपा र लोसपाको निर्णयले राष्ट्रिय सभाको विपक्षमा चाहिँ बहुमत पुग्यो । माओवादी केन्द्रसँग १७, एकीकृत समाजवादीसँग ८ र राष्ट्रिय जनमोर्चासँग १ सिट छ । त्यसैले समय लिने र सकेसम्म उपेन्द्र यादवलाई मनाउने नीति प्रधानमन्त्री ओलीले लिएका थिए । कतिसम्म भने सांसदहरू कुम्भ मेला गएकाले अध्यादेशहरू तत्काल अगाडि नबढाउने जस्ता निर्णय समेत भयो ।
गत ४ फागुनमा बसेको प्रमुख सचेतकहरूको बैठकले सांसदहरू कुम्भ मेला गएकाले अध्यादेशहरू केही समय रोक्ने निर्णय गरेको थियो । उद्देश्य उपेन्द्रलाई मनाउन समय लिने नै थियो । नेताहरूका अनुसार संसद् अधिवेशन चलेको यो ५५ दिने अवधिमा उपेन्द्र यादवसँग अनेक माध्यमबाट थुप्रै कुराकानी भयो । ‘त्यो बीचमा उहाँहरूले सहयोग गर्नुस् भनिरहनुभयो, हामीले निर्णय फेर्नुपर्ने कारण देखेनौं’, जसपा नेपालका प्रवक्ता मनिष सुमन भन्छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
Leave a Reply Cancel Reply

Angelica4252
Monday, August 11th, 2025
Esperanza4517
Saturday, August 9th, 2025
Julian1651
Thursday, July 31st, 2025
Jaden373
Wednesday, July 30th, 2025
Atticus2609
Tuesday, July 29th, 2025
Austin1770
Tuesday, July 29th, 2025
Lyla4660
Wednesday, July 23rd, 2025
Sofia4963
Wednesday, July 23rd, 2025
Ruben4615
Wednesday, July 23rd, 2025
Londyn4495
Tuesday, July 22nd, 2025
Adelyn4497
Wednesday, July 16th, 2025Unlock exclusive affiliate perks—register now! https://shorturl.fm/nLIYV

Morgan4425
Sunday, July 13th, 2025Start earning passive income—join our affiliate network today! https://shorturl.fm/wg4Ut

Ryder2637
Sunday, July 13th, 2025Tap into a new revenue stream—become an affiliate partner! https://shorturl.fm/wyvcd

Valerie3795
Sunday, July 13th, 2025Join forces with us and profit from every click! https://shorturl.fm/TSdvr

Tina2400
Saturday, July 12th, 2025Start profiting from your network—sign up today! https://shorturl.fm/0hZrj

Darren4663
Friday, July 11th, 2025Share our products and watch your earnings grow—join our affiliate program! https://shorturl.fm/uu6C5

Alfred4105
Friday, July 11th, 2025Start earning instantly—become our affiliate and earn on every sale! https://shorturl.fm/FBwiJ

Adele1885
Friday, July 11th, 2025Join our affiliate program and start earning today—sign up now! https://shorturl.fm/yw3yu

Lorelei1792
Friday, July 11th, 2025Refer customers, collect commissions—join our affiliate program! https://shorturl.fm/NXXSS

Lauren4410
Thursday, July 10th, 2025Start profiting from your network—sign up today! https://shorturl.fm/xKH8S

Corinne1844
Thursday, July 10th, 2025Grow your income stream—apply to our affiliate program today! https://shorturl.fm/JYM5A

Elsie4748
Thursday, July 10th, 2025Monetize your audience with our high-converting offers—apply today! https://shorturl.fm/d02aR

Eduardo90
Thursday, July 10th, 2025Unlock exclusive rewards with every referral—apply to our affiliate program now! https://shorturl.fm/j7tgh

Leslie4524
Wednesday, July 9th, 2025Share our link, earn real money—signup for our affiliate program! https://shorturl.fm/Tz5Cj

Ashley3225
Wednesday, July 9th, 2025Refer friends and colleagues—get paid for every signup! https://shorturl.fm/lAa8O

Dana4366
Wednesday, July 9th, 2025Get paid for every referral—sign up for our affiliate program now! https://shorturl.fm/Yr5o1

Jill1950
Tuesday, July 8th, 2025Join our affiliate community and earn more—register now! https://shorturl.fm/zx8Fm

Cleo2177
Tuesday, July 8th, 2025Refer and earn up to 50% commission—join now! https://shorturl.fm/LD4EP

Corinne4480
Monday, June 2nd, 2025
Judy3055
Monday, June 2nd, 2025
Ada3328
Monday, June 2nd, 2025
Maggie4975
Sunday, June 1st, 2025
Pedro1976
Sunday, June 1st, 2025
Alonzo4940
Sunday, June 1st, 2025
Jacqueline3853
Sunday, June 1st, 2025
Archie4764
Sunday, June 1st, 2025
Kiley2075
Saturday, May 31st, 2025
Coraline1494
Saturday, May 31st, 2025
Evie4345
Friday, May 30th, 2025
Andrew8
Friday, May 30th, 2025
Reid2603
Friday, May 30th, 2025
Mario4650
Friday, May 30th, 2025
Cleo3700
Thursday, May 29th, 2025
Cecilia600
Thursday, May 29th, 2025
Marvin4640
Thursday, May 29th, 2025
Ally3494
Thursday, May 29th, 2025
Makayla2638
Wednesday, May 28th, 2025
Kaitlyn2249
Tuesday, May 27th, 2025
Angelina3761
Tuesday, May 27th, 2025
Vivian1856
Tuesday, May 27th, 2025
Darius3814
Monday, May 26th, 2025
Lara1681
Monday, May 26th, 2025
Neil1734
Monday, May 26th, 2025
Lana3203
Sunday, May 25th, 2025
Celia1979
Sunday, May 25th, 2025
Herbert4310
Sunday, May 25th, 2025
Pat1664
Saturday, May 24th, 2025
Mario4890
Friday, May 23rd, 2025
Ivy185
Wednesday, April 30th, 2025Awesome https://is.gd/N1ikS2

Frances4909
Wednesday, April 30th, 2025Good https://is.gd/N1ikS2

Giovanni4171
Monday, April 28th, 2025Good https://rb.gy/4gq2o4

Hope671
Wednesday, April 23rd, 2025Very good https://shorturl.at/2breu
प्रतिक्रिया 62

Angelica4252

Esperanza4517

Julian1651

Jaden373

Atticus2609

Austin1770

Lyla4660

Sofia4963

Ruben4615

Londyn4495

Adelyn4497

Morgan4425

Ryder2637

Valerie3795

Tina2400

Darren4663

Alfred4105

Adele1885

Lorelei1792

Lauren4410

Corinne1844

Elsie4748

Eduardo90

Leslie4524

Ashley3225

Dana4366

Jill1950

Cleo2177

Corinne4480

Judy3055

Ada3328

Maggie4975

Pedro1976

Alonzo4940

Jacqueline3853

Archie4764

Kiley2075

Coraline1494

Evie4345

Andrew8

Reid2603

Mario4650

Cleo3700

Cecilia600

Marvin4640

Ally3494

Makayla2638

Kaitlyn2249

Angelina3761

Vivian1856

Darius3814

Lara1681

Neil1734

Lana3203

Celia1979

Herbert4310

Pat1664

Mario4890

Ivy185

Frances4909

Giovanni4171
